२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

रुपन्देही–४ (१) : लोसपाका कन्हैया बनिया विजयी

बुधवार , मंसिर ७, २०७९

भैरहवा, ७ मंसिर ।
रुपन्देही क्षेत्र नम्बर ४ (१) मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का उम्मेदवार तथा युवा नेता कन्हैया बनिया विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार जितेन्द्रनाथ शुक्ल (बब्लुलाई) लाई ५ हजार ८ सय ८४ मतले पछि पार्दै १५ हजार १ सय ३७ मत प्राप्त गरी बनिया विजयी भएका हुन् ।निर्वाचन अधिकृत देवेन्द्र आचार्यकाअनुसार बनियाका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार शुक्लले ९ हजार २ सय ५३ मत प्राप्त गरे ।

त्यस्तै नेपाली कांग्रेसका अष्टभुजा पाठकले ८ हजार २७ मत प्राप्त गरेका छन् । रुपन्देही ४ (१) मा कुल ३५ हजार ५ सय ७७ मत खसेको थियो । २०७४ सालको निर्वाचनमा रुपन्देही–४ (१) बाट कांग्रेसका अष्टभुजा पाठक निर्वाचित भएका थिए ।