२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

इश्तियाक राईलाई हराउँदै राप्रपाका धवलशमशेर विजयी

बुधवार , मंसिर ७, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • नेपालगन्ज, ७ मंसिर ।
    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा बाँके-१ बाट निर्वाचित भएका छन् । जसपाका मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतान्तरले हराउँदै उनी सांसद बनेका हुन् ।

    नेपालगन्ज उपमहानगरका पूर्वमेयरसमेत रहेका जबराले २९ हजार ५७७ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी जसपाका नेता राईले २३ हजार ५२० मत ल्याएका छन् ।

    गठबन्धनतर्फबाट उम्मेदवार बनेका कांग्रेसका सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गरे ।
    न्युज कारखाना