images

सोमवार, बैशाख १७ गते २०८१

काठमाडौंमा घण्टीको जबरजस्त उदयकाे सम्भावना, चार क्षेत्रमा अग्रता

काठमाडौंमा घण्टीको जबरजस्त उदयकाे सम्भावना, चार क्षेत्रमा अग्रता

images
images
images
मंगलवार, मंसिर ६ २०७९
मंगलवार, मंसिर ६ २०७९
  • काठमाडौंमा घण्टीको जबरजस्त उदयकाे सम्भावना, चार क्षेत्रमा अग्रता

    काठमाडौं, ६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौंमा जबरजस्त उदयको सम्भावना देखिएकाे छ । काठमाडौंका चार निर्वाचन क्षेत्रमा लगातार घण्टीले अग्रता कायम गरिरहेको छ । 

    images

    काठमाडौं २ मा सोबिता गौतमले प्रारम्भिक मतगणनादेखि नै अग्रता कायम गरिरहेकी छिन् । एमालेका मणिराम फुयाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेललाई पछि पार्दै गौतम लगातार अघि छिन । 

    काठमाडौं ६ मा शिशिर पोखरेल अन्य उम्मेदवारभन्दा अघि छन् । उनले कांग्रेसबाट उम्मेदवार बनेका भीमसेनदास प्रधान र एमालेका सर्वेन्द्र खनाललाई भारी मतान्तरले पछि पारिरहेका छन् । 

    यस्तै, काठमाडौं ७ मा समेत घण्टीकै गणेश पराजुली अघि छन् । उनले एमालेका श्यामकुमार घिमिरे र माओवादी केन्द्रकी उम्मेदवार अस्मिता सिंह (मानुषी) यमीलाई पछि पार्दै मतान्तर बढाइरहेका छन् । 

    रास्वपाकै अर्का उम्मेदवार विराजभक्त श्रेष्ठले काठमाडौं ८ बाट आफूलाई जित नजिक पुर्‍याएका छन् । विराजले हाम्रो नेपाली पार्टीका सुमन सायमी र एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई पछि पार्दै ठूलो मतान्तरले अघि बढिरहेका छन् । 

    रास्वपाले ललितपुर क्षेत्र नम्बर ३ मा समेत लगातार अग्रता कायम गरिरहेको छ । घण्टी उम्मेदवार तोसिमा कार्कीले ठूलो मतान्तरका साथ अग्रता कायम गरिरहेकी छन् ।एमालेका अमृत खड्का र माओवादी केन्द्रकी पम्फा भुसाललाई पछाडि पार्दै कार्कीले अग्रता लिइरहेकी छन् । 

    चितवन २ मा रास्वपा सभापति रवि लामिछानेले समेत मतान्तर बढाइरहेका छन् । नेकपा एमालेका कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई पछि छाड्दै लामिछानेले मतान्तर बढाएका हुन् । पुराना दलहरूप्रतिको असन्तुष्टि घण्टीमा अभिव्यक्त भएको कतिपयको धारणा छ । स्थापित भनिएकै दलहरूलाई निर्वाचनमा चुनौती दिएर घण्टीले जबरजस्त उदयले परिवर्तनको हुटहुटी मुखरित गरेको छ । न्युज कारखाना

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij