२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

रुपन्देही २ मा विष्णु पौडेल ६५ मतले मात्रै पछाडि

मंगलवार , मंसिर ६, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • बुटवल, ६ मंसिर । रुपन्देही क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल ६५ मतले मात्र पछि परेका छन् । करिब पाँच सय मतले पछाडि परेका पौडेलले मतान्तर घटाउँदै ६५ मा झारेका हुन् ।

    पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले चार हजार एक सय ३४ मत ल्याउँदा एमाले उपाध्यक्ष समेत रहेका पौडेलले चार हजार ६९ मत ल्याएका छन् । यहाँ अहिलेसम्म १२ हजार तीन सय मत मात्र गणना भएको छ । रुपन्देही २ मा ८१ हजार दुई सय दुई मत खसेको थियो ।