२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

कैलालीबाट रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टीले खाता खोल्यो

मंगलवार , मंसिर ६, २०७९

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • धनगढी, ६ मंसिर । रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभाका लागि खाता खोलेको छ ।

    कैलाली ३ बाट गंगा चौधरीले उन्मुक्ति पार्टीका तर्फवाट खाता खोल्दै प्रतिनिधिसभामा पहिलोपटक स्थान कायम गरेको छ । चौधरी २३,१२० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुन्दन चौधरीले १७,७४९मा सीमित हुन पुगेका छन् । 

    एमालेका गौरीशंकर चौधरीले ९,८७४ मतसहित तेस्रो स्थानमा सीमित भएका छन । उक्त क्षेत्रमा ६३,४४० मत खसेको थियो भने ४०२१ मत बदर भएकाे छ । न्युज कारखाना