२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

गगन थापा ७४ सय ४७ मतसहित विजयी, औपचारिक घोषणा हुँदै

मंगलवार , मंसिर ६, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, ६ मंसिर । काठमाडौं ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् । केही बेरअघि सम्पन्न मतगणनाको परिणामअनुसार थापाले २१ हजार ३०२ मत पाएका छन् ।

    एमाले उम्मेदवार राजन भट्टराईले १३ हजार ८५५ मत पाएका छन् । थापा र भट्टराईबीच मतान्तर ७४ सय ४७ छ ।

    निर्वाचन अधिकृतको कार्यालयले केहीबेरमै थापा विजयी भएको औपचारिक घोषणा गर्ने भएको मतदान अधिकृत शारदा पौडेलले जानकारी दिइन् ।

    कांग्रेस महामन्त्री थापा तेस्रोपटक एमालेका भट्टराईलाई पराजित गर्दै प्रतिनिधिसभामा पुगेका छन् । यसपटक उनले सांसद निर्वाचित भएपछि नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा उठ्ने र प्रधानमन्त्रीको दाबी गर्ने घोषणा गरेका छन् । उनी एकपटक संविधानसभा सदस्यसहित चारपटक संसद् प्रवेश गरेका छन् ।