२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

रुपन्देही–३ मा दीपक बोहराको अग्रता

मंगलवार , मंसिर ६, २०७९

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • भैरहवा, ६ मंसिर ।
    रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले अग्रता लिएका छन् । १० हजार ६ सय ४० मतगणना हुँदा बोहरा ४ हजार १ सय ७० मतका साथ अग्रता लिएका छन् ।

    त्यस्तै गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले ३ हजार ९ सय १९ मत प्राप्त गरेका छन् । अहिले सियारी गाउँपालिका वडा नम्बर १ र ओमसतिया गाउँपालिका वडा नम्बर २ को मतगणना भइरहेको छ ।