images
images

बुधवार, जेठ २ गते २०८१

रुपन्देही निर्वाचन क्षेत्र नम्बर –४ मा मतगणना रोकियो

रुपन्देही निर्वाचन क्षेत्र नम्बर –४ मा मतगणना रोकियो

images
images
images
सोमवार, मंसिर ५ २०७९
सोमवार, मंसिर ५ २०७९
  • रुपन्देही निर्वाचन क्षेत्र नम्बर –४ मा मतगणना रोकियो

    भैरहवा। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना रोकिएको छ । सदर र बदर मतको बिषयमा लिएर विवाद हुदा मतगणना रोकिएको हो ।

    images
    images
    images

    मतगणना रोकिए पनि बिभिन्न सञ्चार माध्यममा मर्चवारको मतगणना भन्दै गलत तथ्यांक प्रस्तुत गरिएको छ । क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यका अनुसार प्रतिनिधि सभा सदस्यको लागि ४ हजार ८ सय ४३ मत गणना भएको छ ।

    जस अनुसार साईकल चुनाव चिन्हले १ हजार ८ सय ८३ मत, रुख चिन्हले १ हजार ३ सय ४० मत, लाउडस्पिकर चिन्हले १ हजार ३३ मत प्राप्त गरेका छन्।

    यो बाहेकको तथ्यांक आधिकारीक नभएको निर्वाचन अधिकृत आचार्यले बताए । फरक मतपेटिकामा फरक मत देखिएकोले त्यस्तो मतलाई सदर गर्ने कि बदर गर्ने बिषयमा सो क्षेत्रमा विवाद हुदा मतगणना रोकिएको छ।

    निर्वाचन अधिकृत आचार्यले यस बिषयमा सर्वदलिय बैठक बसि सहमतिको प्रयास भईरहेको बताए । उनले आधा घण्टा भित्रै मतगणना सुरु गरिने जानकारी दिए।  

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij