२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

गुल्मी २ मा गोकर्ण बिष्टको पालिकामा सुरुवाती अग्रता

सोमवार , मंसिर ५, २०७९

गुल्मी । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तरगत गुल्मी जिल्लाको क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ ।

मतगणनामा एमालेका गोकर्ण बिष्टले सुरुवाती अग्रता कायम गरेका छन् । उम्मेदवार बिष्टको पालिका इस्मा गाउँपालिकाबाट बेलुकी ५ बजेबाट मतगणना सुरु गरिएको छ । वडानम्बर १ को मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणना अनुसार ७० मतले बिष्टको अग्रता कायम भएको छ ।

प्राप्त परिणाम अनुसार बिष्टले ६७२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एकीकृत समाजवादीबाट गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीले ६०२ मत ल्याएकी छन् । यस वडामा १ हजार ४ सय ३० मत खसेको थियो । कुल मतमध्ये ७२ मत बदर भएको छ ।

गुल्मी क्षेत्रनम्बर–२ मा १ लाख ४ हजार ३२७ मतदाता मध्ये ५८ हजार ७७३ मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा ५६ प्रतिशत मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा तीनजना निर्वाचित पदका लागि ३० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।