२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

रुपन्देही–४ मा लोसपाका शुक्ला अगाडि

सोमवार , मंसिर ५, २०७९

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • भैरहवा, ५ मंसिर । 
    रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यतर्फ २५४८ मतगणना हुँदा लोकतान्त्रिक समाजवादी पाटी, नेपाल (लोसपा) का उम्मेदवार सर्वेन्द्रनाथ शुक्लले ९९४ मत ल्याएका छन् ।

    त्यसै गरी, प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार प्रमोद कुमार यादवले ७२३ मत, जनमत पार्टीका उम्मेदवार भोपेन्द्र प्रसाद यादव ४९३, जसपाका उम्मेदवार ओमप्रकाश यादवले ३१ मत ल्याएको निर्वाचन

    कार्यालयले जनाएको छ । क्षेत्र नम्बर ४ (क) मा प्रदेशसभा सदस्यमा लोसपाका उम्मेदवार कन्हैया बनियाँ ११०९, कांग्रेसका उम्मेदवार अष्टभुजा पाठक ४८७, जनमत पार्टीका उम्मेदवार जितेन्द्रनाथ शुक्ल ४९५ मत ल्याएका निर्वाचन कार्यालयले जनाएको छ ।

    क्षेत्र नम्बर ४ (ख) मा प्रदेशसभा सदस्य पदका कांग्रेसका उम्मेदवार बसीउद्दीन खाँले ८३३, जनमत पार्टीका उम्मेदवार अर्जुन जैसवाल, ४८८, लोसपाका उम्मेदवार मोहनलाल यादवले ४५० मत ल्याएका छन् ।