२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

दाङ क्षेत्र नम्बर १ को मतगणना सुरु

सोमवार , मंसिर ५, २०७९

भैरहवा ५ मंसिर, । दाङ क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ ।

निर्वाचन अधिकृत मानबहादुर बिष्टका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सबै दुवैतर्फको प्रत्यक्ष र समानुपातिकको मतगणना एकैसाथ सुरु भएको हो । मतगणना लमही नगरपालिकाको कार्यालयमा जारी छ ।

दाङ क्षेत्र नं. १ मा नेकपा एमालेकी शान्ता चौधरी, नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक, नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरी, राप्रपाका लिली बुढाथोकी, हाम्रो नेपाली पार्टीकी गंगा चौधरी लगायत प्रतिस्पर्धामा छन् । आइतबार भएको निर्वाचनमा ८० हजार ७०० मत खसेको थियो ।

दाङ २ र ३ को पनि मतगणना जारी छ । दाङ ३ मा एमाले उम्मेदवार कोमल वलीले सुरुवाती अग्रता लिएकी छन् । दाङ २ को भने सार्वजनिक हुन बाँकी छ ।