
सोमवार , मंसिर ५, २०७९
सप्तरी, ५ मंसिर । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतकाे अग्रता कायमै रहेकाे छ । डा.राउतले एक हजार ६ सय ३४ मत प्राप्त गरि अग्रता कायम राखेका हुन् ।
जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव ६ सय ७० मत प्राप्त गरि दोस्रो स्थानमा छन् । त्यस्तै गठबन्धनका जयप्रकाश ठाकुर चार सय ९१ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् ।
सप्तरी-२ (क) मा जनमत पार्टीका सतिस सिंहले एक हजार सात सय २९ मत प्राप्त गरि पहिलो स्थानमा छ । जनता समाज पार्टीका शैलेन्द्रप्रसाद साह आठ सय १४ मत प्राप्त गरि दोस्रो स्थानमा र लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल ६ सय १९ मत प्राप्त गरि तेस्रो स्थानमा छन् ।
सप्तरी २ (ख) मा जनमत पार्टीका महेश यादवले एक हजार चार सय ६७ मत प्राप्त गरि अग्रता कायम गरेका छन् । गठबन्धनका उमेश यादवले सात सय चार मत प्राप्त गरि दोस्रो स्थानमा र जसपाका लक्ष्मण यादव पाँच सय १३ मत प्राप्त गरि तेस्रो स्थानमा छन् । न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij