२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

इलाम क्षेत्र नं. २ को मतगणना सुरु

सोमवार , मंसिर ५, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • ५ मंसिर, इलाम । इलाममा मतगणना सुरु भएको छ । इलाम क्षेत्र नं. २ को इलाम सदरमुकामस्थित गौतम बुद्ध सभा गृहमा मतगणना सुरु भएको हो । क्षेत्र नं. २ को ‘ख’ बाट मतगणना थालिएको छ ।

    जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख देविचरण फुयालका अनुसार इलाम २ मा १ लाख ९ हजार ५३५ मतदाता रहेकोमा ५९ हजार १३६ मत खसेको थियो ।

    इलाम क्षेत्र नं. २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासहित प्रतिनिधि सभाका लागि १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।