२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

रुपन्देही–३ मा मतगणना सुरु

सोमवार , मंसिर ५, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, ५ मंसिर ।
    प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ स्थित भैरहवा नमूना माध्यमिक विद्यालयमा दिउँसो १ः ३० बजेदेखि सुरु भएको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले बताए । रुपन्देही–३ प्रतिनिधिसभा र ३ (१) प्रदेशसभा प्रत्यक्ष तथा समानुपातिकतर्फको गणना सुरु भएको उनले बताए ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले मतगणनास्थल क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाइएको बताए ।

    रुपन्देही–३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरासहित २२ जना प्रतिनिधिसभा सदस्यको प्रतिष्पर्धामा छन् ।