२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

स्याङ्जा-२ का ४ मतदान केन्द्रमा पुन: मतदान गर्न एमालेको माग

सोमवार , मंसिर ५, २०७९

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • ५ मंसिर, काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले स्याङ्जा–२ को ४ वटा मतदान केन्द्रमा पुन: मतदान गर्न माग गरेकी छन् ।

    आइतबार पत्रकार सम्मेलन गरी उनले सत्तारुढ गठबन्धनका कार्यकर्ताले बुथ कब्जामा लिएर आफूखुशी मतदान गरेको भन्दै ४ वटा मतदान केन्द्रमा पुन: मतदान गर्न माग गरेकी हुन् ।

    सत्तारुढ गठबन्धनका कार्यकर्ताले मतदान केन्द्रलाई नियन्त्रणमा लिएर, हुल हुज्जत गरेर, डर धाक धम्की देखाएर मतपत्र कब्जामा लिएर मतदान अधिकृतको सही गराउँदै मतपेटिकामा खसालेको सचिव अर्यालले बताइन् ।

    बुथ कब्जा भएका मतदान केन्द्रमा ९८ प्रतिशतसम्म मत खसेको देखिएको पनि उनको भनाइ छ ।