२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

अछाम- १ को मतगणना दिउँसो ३ बजेपछि

सोमवार , मंसिर ५, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौं, ५ मंसिर ।  अछाम- १ को मतगणना दिउँसो ३ बजेपछि मात्र हुने भएको छ । भर्खरै सकिएको सर्वदलीय बैठकबाट दिउँसो ३ बजेपछि मात्र मतगणना सुरु गर्ने सहमति भएको स्थानीय विनोद धामीले जानकारी दिए ।

    क्षेत्र नम्बर - २ को मतगणनाबारे आधिकारिक जानकारी बाहिर नआएको पनि उनले बताए । अछामका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी जिल्ला सदरमुकाम मंगलसेन पुर्‍याइएको छ । अछाममा दुईवटा निर्वाचन क्षेत्र छन् ।

    अछाम - १ बाट एकीकृत समाजवादीका नेता एवं श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र नेकपा एमालेबाट झपट बोहराबीच तीव्र प्रतिष्पर्धा छ । यस्तै क्षेत्र नम्बर २ बाट एमाले नेता यज्ञ बोगटी र नेपाली कांग्रेसका पुष्पबहादुर शाहबीच चर्को प्रतिष्पर्धा हुने ठानिएको छ । न्यूज कारखाना