२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लुम्बिनीमा ‘युवा नेतृत्व विकास’ प्रशिक्षण हुने

बुधवार , पौष १, २०७७

भैरहवा, १ पुस ।
समाजवादी युवा संघ, नेपाल लुम्बिनी प्रदेशको आयोजनामा दुईदिने ‘युवा नेतृत्व विकास’ प्रशिक्षण कार्यक्रम हुने भएको छ । यही पुस ३ र ४ गते बुद्ध जन्मस्थल लुम्बिनीमा उक्त प्रशिक्षण हुने भएको हो ।

कार्यक्रममा लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशका २ सय बढी युवाहरुको सहभागि हुने जनता समाजवादी पार्टी नेपाल (जसपा) का लुम्बिनी प्रदेश सदस्य उज्जवल पोखरेलले बताए । कार्यक्रमको जसपा नेपालका कार्यकारी अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गर्ने पोखरेलले जानकारी दिए ।

कार्यक्रममा पूर्वमन्त्री मोहम्मद इस्तियाक राइ, युवा केन्द्रीय अध्यक्ष तथा प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, डम्बर खतिवडा, नवराज सुवेदी लगायतले सम्बोधन गर्ने समाजवादी युवा संघले जनाएको छ ।