२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

आम निर्वाचन २०७९ : ६१ प्रतिशत खस्यो मत

आइतवार , मंसिर ४, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाण्डाै । आइतवार सकिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९मा ६१ प्रतिशत मत खसेको छ।

    निर्वाचन आयोगले पौने ८ बजे पत्रकार सम्मेलन गरी ६१ प्रतिशत मत खसेको जानकारी गराएको हो।

    बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजे यति मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।

    यो अहिलेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार भएको उनले बताए।  सबै विवरण प्राप्त भएपछि संख्या बढ्न सक्ने पनि आयोगले अनुमान गरेको छ।  

    यो मत आयोगले अपेक्षा गरेको भन्दा पनि कम भएको आयुक्त थपलियाले बताए।