मंगलवार, मंसिर २० गते २०७९

आमनिर्वाचन २०७९ : गुल्मी २ मा ५६ प्रतिशत मत खस्यो

आमनिर्वाचन २०७९ : गुल्मी २ मा ५६ प्रतिशत मत खस्यो

images
images

खबर पात्रो

४, मंसिर २०७९
  • 215
    SHARES
  • आमनिर्वाचन २०७९  :  गुल्मी २ मा ५६ प्रतिशत मत खस्यो

    काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ५६ प्रतिशत मत खसेको छ । कूल १ लाख ४ हजार ३२७ मतदाता रहेको यस क्षेत्रमा ५८ हजार ७५९ जनाले मात्र मतदान गरेका निर्वाचन कार्यालयले जनाएको छ ।

    जसमध्ये रेसुङ्गा नगरपालिकामा ५ हजार ९७९, र्कोट गाउँपालिकामा १० हजार १८६, मालिका गाउँपालिकामा १० हजार ९२, मुसिकोट नगरपालिकामा १२ हजार ९२६, मदाने गाउँपालिकामा ९ हजार ३८३ र ईस्मा गाउँपालिकामा १० हजार १९३ मत खसेको कार्यालयले बताएको छ । 

    यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदमा नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्री र एमालेका गोकर्ण बिष्टको प्रतिष्पर्धा छन् ।

    images
    images
    प्रकाशित मिति :मंसिर ४, २०७९ आइतवार - २०:४९:५२ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend