२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

रुपन्देहीमा ६६ प्रतिशत मत खस्यो

आइतवार , मंसिर ४, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, ४ मंसिर । रुपन्देहीमा ६६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले अन्तिम विवरण भने अझै आइनसकेको जनाएको छ ।

    जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी अयोध्या भण्डारीले ६६ प्रतिशत मत खसेको र केही समयपछि अन्तिम विवरण आउने जानकारी दिए ।

    316317106_574321261363318_6407139746179962132_n.jpg

    आइतबार बिहान ७ बजेदखि सुरु मतदान साँझ ५ बजेसम्म चलेको थियो । रुपन्देहीमा ६ लाख ३८ हजार ९ सय ५२ मतदाता रहेका छन् ।

    मतदान सकिएपछि मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकताअनुसार व्यवस्थापन गरिसकेको र राति १० बजेदेखि मतगणनाको तयारी भइरहेको जनाएको छ ।