२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

पूर्वसहमति नलिई मतदान स्थगन नगर्न आयोगको निर्देशन

आइतवार , मंसिर ४, २०७९

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  •  काठमाडौं, ४ मंसिर । पूर्वसहमति नलिई मतदान स्थगन नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सुचारु गर्न समेत निर्देशन दिएको छ ।

    यस्तै साँझ ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको आयोगले जनाएको छ ।  स्थगित गर्नैपर्ने भए आयोगको पूर्वसहमति लिनुपर्ने आयोगले आज सूचना जारी गरी स्पष्ट गरेको छ । न्यूज कारखाना