२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

आज आमनिर्वाचन, रुपन्देहीमा पनि बिहान ७ बजेबाट मतदान शुरु

आइतवार , मंसिर ४, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज बिहानैबाट मतदान सुरु भएको छ।

    निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट देशभर मतदान सुरु भएको हो । रुपन्देहीमा पनि बिहान ७ वजेबाट मतदान शुरु भएको छ । रुपन्देहीका २०८ बटा मतदान स्थलकाे ७०२ मतदान केन्द्रबाट मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । 

    बिभिन्न राजनीतिक दलको शिर्ष तहका नेता तथा उम्मेदवार सहित आम सर्वसाधरणले निर्वाचनमा मतदान गरिरहेका छन् । रुपन्देहीमा बिहानै देखि मतदाता मत खसाल्नका लागि लामबद्ध छन् ।