images

बुधवार, बैशाख १२ गते २०८१

लुम्बिनीमा पर्यटकको संख्या बढ्यो 

लुम्बिनीमा पर्यटकको संख्या बढ्यो 

images
images
images
शनिवार, मंसिर ३ २०७९
शनिवार, मंसिर ३ २०७९
  • लुम्बिनीमा पर्यटकको संख्या बढ्यो 

    भैरहवा, ३ मंसिर ।
    गत वर्ष कोभिड–१९ कारण सुनसान रहेको बुद्ध जन्मस्थल लुम्बिनीमा यो वर्ष सिजन सुरु भएसँगै पर्यटकको आवागमन बढ्न थालेको छ । अंग्रेजी अक्टोबर महिनासँगै स्वदेशी तथा विदेशी पर्यटकहरुहरुको आवागमन बृद्धि हुन थालेको हो । 

    images

    गत वर्षको तुलनामा यो वर्षको अक्टोबर महिनासम्म ११६ प्रतिशत पर्यटक वृद्धि भएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राईले जानकारी दिए । 

    सन् २०२१ को अक्टोबर महिनासम्म आन्तरिक र बाह्य गरी २ लाख ८९ हजार ६ सय ९५ जनाले लुम्बिनी भ्रमण गरेकोमा २०२२ मा भने संख्या वृद्धि भइ ६ लाख २६ हजार ४ सय ५२ पुगेको कोषले जनाएको छ । जनसम्पर्क प्रमुख राईका अनुसार गत वर्ष अक्टोबरसम्म राहदानी वाहक पर्यटक ६ सय ५ जनाले लुम्बिनी भ्रमण गरेकोेमा २०२२ मा १३ हजार १ सय ६६ जना पुगेका छन् । 

    त्यस्तै गत वर्ष १८ हजार ६६८ जना भारतीय पर्यटक आएकोमा यो वर्ष त्यो संख्या वृद्धि भइ १ लाख ४९ हजार ६०९ जना पुगेको छ । अघिल्लो वर्ष कोरोना महामारीले लुम्बिनी भ्रमण गर्ने पर्यटक न्यून हुनु स्वभाविक भएको प्रमुख राईले बताए । तर, यो वर्ष भने कोभिड जोखिम कम हुँदै गएपछि विदेशी पर्यटक समेत लुम्बिनी आउने क्रम क्रमशः वृद्धि हुन थालेको छ । लुम्बिनीमा विदेशी भन्दा नेपाली अर्थात आन्तरिक पर्यटकको प्रमुख गन्तव्य स्थल पनि हो । 

    गत वर्ष कोभिड महामारीमा पनि २ लाख ७० हजार ४२२ जना नेपाली पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । यो वर्ष अक्टोबर महिनासम्म झण्डै दोब्बर ४ लाख ६३ हजार ६७७ जनाले भ्रमण गरेको लुम्बिनी विकास कोषको तथ्यांकमा उल्लेख छ । कार्तिक अन्तिम सातादेखि विभिन्न विद्यालय, कलेजका विद्यार्थीहरुको अध्ययन अवलोकन भ्रमण टोलीको बाक्लो उपस्थिति हुन थालेको छ । त्यसका साथै भारत उत्तर प्रदेशका विभिन्न विद्यालय र कलेजबाट समेत लुम्बिनीमा भ्रमणमा आउनेहरु वृद्धि भएका छन । 

    पर्यटकहरुलाई मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड, स्वदेशी तथा विदेशी बिहार, विश्व शान्ति दीपको अवलोकन तथा केन्द्रीय नहरमा डुंगा यात्राले आर्कषित गरेको छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै बुद्ध सर्किटसँग जोडिएको तिरौलाकोट, देवदह र रामग्राम क्षेत्रको समेत अवलोकन गर्न सकिनेछ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij