२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

पत्रकार कंडेलको रेडिमिक्सको ठक्करबाट मृत्यु

शनिवार , मंसिर ३, २०७९

बुटवल, ३ मंसिर ।

रुपन्देहीका पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल) को मोटरसाइकल दुर्घटना परी निधन भएको छ ।

शुक्रबार साँझ तिलोत्तमा नगरपालिका २ जानकीनगर स्थित सिदार्थ राजमार्गमा बुटवलबाट भैरहवातर्फ जादै गरेको लु ४४ प ८२०१ नम्बरको मोटरसाइकलमा सवार कंडेललाई सोही दिशा तर्फ जादै गरेको लु १ क ५२७६ रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी) ले ठक्कर दिदा मोटरसाइकल चालक सवार कंडेलको निधन भएको हो ।

रुपन्देही सैनामैना नगरपालिका १ रानीबगिया स्थायी घर भई बुटवलमा बस्दै  पत्रकारिता गर्दै आएका ३५ बर्षीय कंडेलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

मोटरसाईकललाई ठक्कर दिने तिनाउ रेडिमिक्सको सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

विगत ढेड दशकदेखि पत्रकारितामा आबद्ध कंडेल रुपन्देहीबाट सञ्चालित ग्लोबल आवाज डटकममा सम्पादकको रुपमा कार्यरत थिए । नेपाल पत्रकार महासंघ रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा श्रद्धाञ्जली सभा गर्ने र उनको हिन्दु सस्कार अनुसार आजै दाहसस्कार गरिने पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेलले जानकारी दिए ।