images

शुक्रवार, बैशाख १४ गते २०८१

युएईले दियो नेपाललाई एक सय ७७ रनको लक्ष्य

युएईले दियो नेपाललाई एक सय ७७ रनको लक्ष्य

images
images
images
शुक्रवार, मंसिर २ २०७९
शुक्रवार, मंसिर २ २०७९
  • युएईले दियो नेपाललाई एक सय ७७ रनको लक्ष्य

    काठमाडौं, २ मंसिर । अन्तिम एकदिवसीय खेलमा युएईले नेपाललाई एक सय ७७ रनको लक्ष्य दिएको छ । टस जिटेर पहिले फिल्डिङ रोजेपछि युएईले ब्याटिङ गर्दै ५० ओभरमा एक सय ७६ रन बनाएको छ ।

    images

    नेपाली बलरहरूले अपेक्षाअनुसार नै उत्कृष्ट प्रदर्शन गरेका थिए । ११ रन बनाउँदा पहिलो विकेट लिएको नेपालले युएईले ९३ रन जोड्दा नौ विकेट लिएको थियो । तर, युएईका आयान अफजल खान र हजरत बिलाल टिकेर खेलेपछि मध्यम योगफल बनाएको हो । आयानले ६३ बलमा ५४ रन बनाए । उनले सात चौका र एक छक्का प्रहार गर्दै युएईको पारी सम्हालेका थिए । हजरतले ५४ बलमा २० रन बनाए ।

    नेपालका लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान दुई–दुई विकेट लिए । ललित राजवंशी र सोमपाल कामीले एक–एक विकेट लिएका छन् ।

    यसअघि नेपाल र युएईले एक एक खेल जितेका छन् । आज जसले जित्छ शृंखला उसकै पक्षमा जानेछ । न्युज कारखाना

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij