शुक्रवार, आश्विन ५ गते २०८०

भैरहवालाई पर्यटकीय शहरको रुपमा विकास गर्ने बोहराको प्रतिवद्वता 

भैरहवालाई पर्यटकीय शहरको रुपमा विकास गर्ने बोहराको प्रतिवद्वता 

images
images

खबर पात्रो

१, मंसिर २०७९
  • 999
    SHARES
  • भैरहवालाई पर्यटकीय शहरको रुपमा विकास गर्ने बोहराको प्रतिवद्वता 

    भैरहवा, १ मंसिर । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ का नेकपा एमाले, राप्रपा र जसपाका (तीनदलीय तालमेलका) उम्मेदवारहरुले भैरहवा शहरलाई पर्यटकीय शहरका रुपमा विकास गरिने प्रतिवद्वता व्यक्त गरेका छन् । 

    राप्रपाका वरिष्ठ नेता, पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्यका  उम्मेदवार दीपक बोहराले विकास जग बसालेको, विभन्न बस्ती बसालेको बताउँदै भैरहवालाई व्यापारिक साँस्कृतिक तथा पर्यटकीय शहरको रुपमा विकास गर्ने प्रतिबद्धता ब्यक्त गरे । 

    images
    images

    म भैरहवाबासी हुँ, यहाँको विकासका लागि मैले हिजो पनि आफ्नो क्षेत्रबाट भूमिका खेले भोलि पनि यो शहरलाई विकास गर्न भूमिका खेल्छू बोहराले भने, ‘यस क्षेत्रका प्रसिद्ध धार्मिक मठ मन्दिर, मस्जिद, गुम्बा जस्ता स्थानलाई जोडेर धार्मिक पर्यटनको रुपमा विकास गर्नेछु । ’

    क्षेत्र नम्बर ३ राप्रपा, एमाले, जसपाको संयुक्त चुनावी सभामा बोहराले भैरहवा विमानस्थलबाट नेपालभित्रका विभिन्न ठाउँको लागि आन्तरिक उडानको व्यवस्था मिलाउने, नरेनापुर धामलाई डीपीआर अनुसार धार्मिक पर्यटनको रुपमा विकास गर्ने, डण्डा खोलको किनारलाई ग्रीन बेल्टका रुपमा विकास गरी पर्यटकीय स्थलका रुपमा विकास गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । 

    प्रतिबद्धतामा समेत पर्यटन प्रर्बद्धनमा महत्वपूर्ण भूमिका खेल्ने घोषणा गरिएको छ । राप्रपा, एमाले र जसपाको संयुक्त प्रतिबद्धता पत्रमा भैरहवा डण्डा खोला करिडोर पुरा गरिने, बौद्ध सर्किट बौद्ध पथमा पर्ने क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने, बुटवल–१६ सेमलारमा रहेको कपरपट्टी ताललाई डीपीआर अनुसार ब्यवस्थापन गरी बाह्य एवं आन्तरिक पर्यटनको विकास गरिने, बेलहिया सुनौली अन्तर्राष्ट्रिय नाकामा पर्यटकहरुको आवतजावतका कार्यलाई सहजता गरिने उल्लेख गरिएको छ ।  

    क्षेत्र नम्बर ३ को विकासमा एमाले, राप्रपा र जसपाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपक बोहरा, क्षेत्र नम्बर ३ (१) प्रदेश सभा सदस्यका उम्मेदवार महेन्द्र यादव, ३ (२) का प्रदेश सभा सदस्यका उम्मेदवार तुल्सी प्रसाद चौधरीले प्रतिवद्धता पत्रमा तिनाउ नदीको विभिन्न भागमा ड्याम बनाई जैविक विविधताको संरक्षण, नदीको सौन्दर्यीकरण तथा ताल तलैयाको उपयोगमार्फत पर्यापर्यटनको विकास गरिने, मोतीपुर र ओमसतियामा रहेका थारु संग्राहलय तथा धार्मीक र सांस्कृतिक संग्राहालयलाई व्यवस्थित गरिने प्रतिबद्धता रहेका छन् । 

     

    images
    प्रकाशित मिति :मंसिर १, २०७९ बिहिवार - ११:५५:४१ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij