२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

अब विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नुपर्ने

बुधवार , कार्तिक ३०, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, ३० कात्तिक । कतारमा हुने फिफा विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नु पर्ने भएको छ । विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त शुल्क लिने मिडिया हब प्रालिको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले अतिरिक्त शुल्क लिन पाउने बाटो खोलिदिएको छ । 

    उक्त रिटमाथि सुनुवाइ गर्दै २२ कात्तिकमा सर्वाेच्च अदालत न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अतिरिक्त पाँच सय रुपैयाँ शुल्क उठाउने मिडिया हबको निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

    तर, बुधबार यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश गरेको छ ।

    मिडिया हबको ४ मंसिरबाट कतारमा हुने विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त पाँच सय शुल्क लिने निर्णयविरुद्ध अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराईले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।  न्युज कारखाना