२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

दोस्रो खेलमा नेपालसँग युएई तीन विकेटले पराजित

बुधवार , कार्तिक ३०, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, ३० कात्तिक । नेपाल भ्रमणमा रहेको युएई नेपालसँग तीन विकेटले पराजित भएको छ । यसअघि पहिलो एक दिवसीय क्रिकेटमा नेपाल युएईसँग ८४ रनले पराजित भएको थियो ।

    बुधबार त्रिवि मैदानमा भएको खेलमा युएईले दिएको एक सय ९२ रनको लक्ष्य नेपालले ४७ दशमलव पाँच ओभरमा सात विकेटको क्षतिमा एक सय ९३ रन ल्यायो ।
    नेपालका लागि गुलशन झाले ३७ र कुशल भुर्तेलले ३५ रनको पारी खेले । युएईको बलर रोहन मुस्ताफाले तीन विकेट लिँदै २४ रन खर्चे ।

    टस जितेर पहिले ब्याटिङ गरेको युएई ४३ ओभरमै अलआउट भएको थियो । युएईका लागि एम वसिमले ५० र ए सरफुले ३५ रन बनाएका थिए । नेपालका सोमपाल कामी र ललित राजवंशीले समान तीन–तीन विकेट लिएका थिए । न्युज कारखाना