२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

प्रतिनिधि सभा निर्वाचन : सिमावर्ती क्षेत्रमा डग स्निफिङसहितको शुरक्षा चेकजाँच शुरु 

बुधवार , कार्तिक ३०, २०७९

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सीमा नाका बेलहियामा शुरक्षा चेकजांचलाई कडा बनाईएको छ ।

    निर्वाचनको मिति नजिकिएसंगै छिमेकी मुलुक भारतबाट हातहतियार, बिस्फोटक पदार्थ, लागुऔषध तथा अबैधबस्तु भित्रन सक्ने भन्दै प्रहरीले चेकजाँचलाई कडा बनाएको हो ।

    रुपन्देही प्रहरीले सिमा नाका बेलहिया लगाएत सिमावर्ती क्षेत्रमा डग स्निफिङ (कुकुरको सहायता) सहितको शुरक्षा चेकजाँचलाई प्रभावकारी रुपमा अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवत्ता एवम् प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए। 

    IMG_0851.JPG

    उहाँले ईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरिक्षक जितेन्द्र श्रेष्ठको नेतृत्वमा आज बिहानबाट सिमावर्ती क्षेत्रमा निर्वाचन लक्षित शुरक्षा चेकजांच शुरु गरिएको बताउनु भयो । प्रहरी उपरिक्षक अर्यालले निर्वाचन केन्द्रित शुरक्षा चेकजाँचलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउने र यसालाई निर्वाचन अबधिभर जारी राख्ने बताए । 

    यस्तै नेपाल भारत सीमावर्ती जिल्लाहरुको सुरक्षा समन्वय बैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म बोर्डर बन्द (शिल) गर्ने निर्णय समेत गरेको छ ।