२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

गठबन्धन सरकारले महंगी र भ्रष्टाचार बढायो : खिमलाल भट्टराई 

मंगलवार , कार्तिक २९, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • रूपन्देही, २९ कात्तिक ।
    नेकपा एमालेका पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले नेपाली कांग्रेसको अयोग्यता कारण रूपन्देही क्षेत्र नम्बर ५ पछाडि परेको बताएका छन् । लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित खुनगाईमा आयोजित चुनावी प्रचारप्रसार कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

    रूपन्देही क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसले तीनपटक जितेर १५ वर्षसम्म केही काम गर्न नसकेको उनले बताए । उनले भने, नेपाली कांग्रेसका कारण यस क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार, उद्योग–व्यावसय, भौतिक पूर्वाधारहरू बाटो–पूल निर्माण, फोहोरमैला व्यवस्थापन लगायत विकासका सबै काम पछि परेका छन्, कांग्रेसले केही काम गरेन । कांग्रेसबाट अब देश चल्न नसक्ने र यस क्षेत्रको विकास हुन नसक्ने उनको भनाइ छ ।

    लुम्बिनी क्षेत्रको विकास जुन गतिमा हुनुपर्ने हो त्यो नभएको बताउदै उनले भने,  ‘गठबन्धन सरकारले महंगी, भ्रष्टाचार बढाएको छ, अब आर्थिक क्रान्तिसहितको विकास चहिएको छ, त्यो नेकपा एमालेले पूरा गर्छ ।’

    रूपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार वासुदेव घिमिरेले नीति निर्माणदेखि विकासका कार्यमा अगुवाई गरिने बताए । ककरहवा नाकासँग जोडिएर रहेको कालिदह भन्सारलाई व्यवस्थित बनाइने, लुम्बिनी र यस बाहिर रहेको बौद्धकालिन सभ्यतासँग गाँसिएर रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा विकास गरिने उनले प्रतिवद्धता जनाए । सबै जात धर्मको सम्मान गर्दै यस क्षेत्रको समृद्धि र विकास आफ्नो जिम्मेवारी भएको उनले बताए ।

    रूपन्देही क्षेत्र नम्बर ५ (२) प्रदेश सभा सदस्य पदका उम्मेदवार रामचन्द्र यादवले प्राथमिकताका आधारमा स्थानीयहरूको सहभागितामा विकासका काम गरिने बताए । यस क्षेत्रको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत भौतिक पूर्वधारको विकास गरिने उनको भनाइ छ ।

    रूपन्देही क्षेत्र नम्बर प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख तथा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य वासुदेव घिमिरे, रूपन्देही क्षेत्र नम्बर ५ (१) बाट भूमिश्वर ढकाल र रूपन्देही क्षेत्र नम्बर ५ (२) बाट रामचन्द्र यादव प्रदेश सभा सदस्य पदका उम्मेदवार छन् ।