२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

रवीन्द्र मिश्रले गरे पशुपतिनाथमा रूद्राभिषेक पूजा

सोमवार , कार्तिक २८, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमडौं, २८ कात्तिक । काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आज विहान पशुपतिनाथ मन्दिरमा रूद्राभिषेक पूजा गरेका छन् । 

    धर्मपत्निसहित गएका मिश्रले पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टसँग रूद्राभिषेक पूजा गरेका हुन् । 

    रूद्राभिषेक पूजा भगवान पशुपतिनाथको कृपा प्राप्तिका लागि गरिने पूजा हो । रूद्राभिषेक पूजामा भगवान शिवको विभिन्न रूप मध्येको एक शिवलिङ्गको पूजा अर्चना गरेर अभिषेक गरिन्छ ।

    पूजापछि मिश्रले यो देश आफ्नै जीवनकालमा रूपान्तरण गर्न सकियोस् भन्ने कामना गरेको बताए । मिश्रले पछिल्लो समयमा संवैधानिक राजसंस्था, संघीयता खारेजी तथा हिन्दू–वौद्ध राष्ट्रको एजेण्डालाई उठाईरहेका छन् ।