२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

जसपाबाट वडाअध्यक्षका उम्मेदवार साहनी कांग्रेस प्रवेस

सोमवार , कार्तिक २८, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा । गत स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टीका तर्फबाट ओमसतिया गाउँपालिका वडा नम्बर २ मा अध्यक्षको उम्मेदवार रहेका रबी साहनी नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

    आज पडसरीमा आयोजित कार्यक्रममा साहनीसहित पाँच सय बढी कांग्रेसमा प्रवेश गरेको कांगेसले जनाएको छ ।  उनीहरूलाई गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले पार्टी सदस्यता प्रदान गरे।

    पार्टी प्रवेश गरेपछि साहनीले आफूलाई कांग्रेसको नीति, सिद्धान्त र योजना मन परेर पार्टी प्रवेश गरेको र क्रियाशील भएर लाग्ने बताए ।

    रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका खाणले साहनीलाई पार्टीले उचित जिम्मेबारी दिने बताए ।