२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

मुलुकको समृद्धिका लागि एमालेको सरकार आवश्यक : भूमिश्वर ढकाल

सोमवार , कार्तिक २८, २०७९

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • सैनामैना, २८ कात्तिक ।
    रुपन्देही क्षेत्र नम्बर ५ (१) प्रदेशसभा सदस्यका उम्मेदवार भूमिश्वर ढकालले मुलुकको समृद्धि र विकासका लागि एमाले नेतृत्वमा सरकार बनाउन आवश्यक रहेको बताएका छन् । 

    सैनामैनामा आयोजित चुनावी सभामा बोल्दै नेता ढकालले मुलुकलाई आत्मनिर्भर बनाउन, सुशासन कायम राख्न एमालेसँग भिजन रहेकोले एमालेको सरकार बनाउन जरूरी रहेको बताए । उनले भने, ‘एमाले हार्याे देशको समृद्धि हार्ने छ, राष्ट्रको स्वाभिमान हार्ने छ,  त्यसैले देशको एमालेलाई भोट दिनुस् ।’

    शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, पर्यटन लगायत क्षेत्रको विकास गरी यस क्षेत्रलाई विकसित बनाइने समेत उनले बताए ।

    एमालेको सरकारले गति लिरहेको अवस्थामा सरकार ढलेका कारण धेरै काम गर्न न सकिएको उनले बताए । उनले भने, हामीले सुकुम्बासी समस्या समाधानका ७० प्रतिशत बढी काम गर्याै तर सरकार ढलेपछि त्यो काम रोकियो, गठबन्धनको सरकारले लालपुर्जा बाँड्न सकेन, डेढ वर्ष भयो काम रोकिएको छ, अब हाम्रो सरकार बनेपछि हामी अव्यवस्थित बसोबासी, सुकुम्बासी, भूमिहिनको समस्या समाधान गर्छौं, लालपुर्जा हामी वितरण गर्छाैं ।’

    एमाले सरकारमा रहँदा देशको स्वाभिमान बढेको समेत उनले बताए । उनले भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्सा हामीले निकाल्यौं जमिन फिर्ता गर्ने प्रक्रिया हामीले अघि बढायौं ।’ राष्ट्रवादी पार्टीलाई जिताउनुपर्ने उनले बताए ।