images

शुक्रवार, बैशाख ७ गते २०८१

भैरहवामा स्रष्टा सम्मान एवं रचना वाचन साहित्यिक समारोह

भैरहवामा स्रष्टा सम्मान एवं रचना वाचन साहित्यिक समारोह

images
images
images
सोमवार, कार्तिक २८ २०७९
सोमवार, कार्तिक २८ २०७९
  • भैरहवामा स्रष्टा सम्मान एवं रचना वाचन साहित्यिक समारोह

    भैरहवा, २८ कात्तिक ।
    आइतबार देश तथा विदेशमा नेपाली साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११४ औं जन्म जयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । जन्मजन्तीको अवसरमा भैरहवामा रहेको सिद्धार्थ साहित्य परिषद्ले पनि स्रष्टा सम्मान एवं साहित्यिक रचना वाचन कार्यक्रम गरेको छ ।

    images
    images
    images

    आफ्ना कालजयी कृति मार्फत् नेपाली साहित्यमा पुर्याएको योगदानलाई स्मरण गर्दै हरेक वर्षको नेपालसँगै भारतको दार्जिलिङ र सिक्किममा पनि देवकोटा जयन्ती मनाइन्छ ।

    तत्कालीन राणा शासनमा सर्वसाधारणलाई अध्ययन गर्न दिनुपर्ने भन्दै अभियान चलाउने देवकोटा लाईब्रेरी काण्डका समेत एक प्रमुख सदस्य रहेकोले नेपाली साहित्यमा महत्वपूर्ण योगदान रहेको साहित्यकार हरिप्रसाद भण्डारी बताए ।

    विज्ञान विषयमा प्रमाणपत्र अध्ययन पूरा गरेपछि मानविकी संकायमा सरेर अंग्रेजीमा स्नातकोत्तर अध्ययन गरेका उनीलाई चर्चित भने नेपाली साहित्यले गराएको भन्दै नेपाली साहित्यमा नयाँ प्रयोगसँगै एक मूर्धन्य साहित्यकारको छवि देवकोटाले बताएको परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईले बताए । परिषद्को आयोजनामा भएको कार्यक्रमबाट साहित्यकार मीनपद्म गौचन स्मृति पुरस्कारबाट डी.आर. शर्मा, के एस गुरुङ साहित्यिक पुरस्कारबाट उमेश थापा लाटोमगर पुरस्कृत भएका थिए ।

    नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवातकर्ता देवकोटा राणा शासनको समयमा जनताले समेत अध्ययन गर्न पाउनुपर्ने क्रान्ति गरेवापत पटकपटक जेल समेत परेका थिए । देवकोटा २०१५ सालमा गठित पहिलो जनप्रतिनिधिमूलक सरकारको शिक्षा मन्त्री पनि बनेका थिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij