२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

जनताका समस्या समाधान एमालेले गर्छ : छविलाल विश्वकर्मा

आइतवार , कार्तिक २७, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • बुटवल, २७ कात्तिक । 
    नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले एमाले सरकारमा नगएसम्म जनताका समस्या समाधान नहुने बताएका छन् ।  

    रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका विश्वकर्माले पाँचदलीय गठबन्धन सरकार बनेपछि जनताको हित हुने काम नभएको बरु महंगी, बेथति मात्रै बढेको बताए । विगतमा एमाले नेतृत्वको सरकारका समयमा भएका विकासका काम गठबन्धन सरकार आएपछि विकास निर्माणका काम अवरुद्ध भएको बताउँदै विकासका लागि एमालेको जीत अनिवार्य रहेको बताए ।

    रुपन्देही क्षेत्र नम्बर १ अन्तरगत ओमसतिया गाउँपालिका–३ र ५ वडाको घरदैलो कार्यक्रममा उनले आम जनताका समस्या समाधानका लागी एमालेले देशैभरीबाट जित्नुपर्ने बताए । घरदैलो कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर १ (२) का उम्मेदवार दधिराम न्यौपानेले एमाले सरकारले शुरु गरेका विकाय योजनाहरुलाई पूर्णता दिन एमाले, राप्रपा, जसपा तालमेललाई जिताउन आग्रह गरे ।