२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

प्रभु साहलाई सहयोग गरेको भन्दै पाँच जनप्रतिनिधिलाई एमालेले सोध्यो स्पष्टीकरण

आइतवार , कार्तिक २७, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौं, २७ कात्तिक ।

    स्वतन्त्र उम्मेदवार प्रभु साहलाई चुनावमा सहयोग गरेको कारण रौतहटमा पाँच जना जनप्रतिनिधिको पद धरापमा परेको छ । प्रभु साहको श्रीमती मौलापुर नपाकी मेयर रिना साह, उपमेयर नागेन्द्र राय यादव, देवाही गोनाही नपाको मेयर प्रेमलाल साह, उपमेयर परनीया देवी पटेल र गरूडा नपाको मेयर कन्थमनी प्रसाद जयसवालले नेकपा एमालेको विधान विपरीत स्वतन्त्र उम्मेदवार प्रभु साहको चुनावी प्रचारप्रसारमा संलग्न भएको भन्दै स्पष्टीकरण सोधिएको छ । 

    एमालेले २४ घण्टाभित्र स्पष्टीकरण बारे जानकारी गराउन पत्र काटिएको जनाएको छ । चित्त बुझ्दो जवाफ नआए बाध्य भएर पार्टीले कारबाही गर्ने चेतावनी दिएको हो । न्युज कारखाना