
आइतवार , कार्तिक २७, २०७९
भैरहवा, २७ कात्तिक ।
भैरहवा तथा यस आसपासका क्षेत्रमा क्रियाशिल १५ वटा लायन्स तथा लियो क्लबले शनिबार भैरहवामा संयुक्त रक्तदान कार्यक्रम (मेगा ब्लड डोनेशन प्रोग्राम) आयोजना गरेका छन् ।
लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभ, लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ, लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगर, लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडी, लायन्स क्लब अफ भलवारी, लायन्स क्लब अफ भलवारी सिटी, लायन्स क्लब अफ भैरहवा, लायन्स क्लब अफ सिद्धार्थनगर, लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी, लायन्स क्लब अफ सिद्धार्थनगर सिर्जनशील, लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियल, लायन्स क्लब अफ सिद्धार्थनगर लोटस, लियो क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभ, लियो क्लब अफ सिद्धार्थनगर, लियो क्लब अफ होलिसिटी भैरहवाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही परिसरमा भएको कार्यक्रममा १०१ जनाले रक्तदान गर्नुभएको लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभ सिद्धार्थनगरका अध्यक्ष सुनिल सेन्चुरीले बताए । डेंगुका बिरामी बढ्दै गएकोले रगतको अभाव कसैलाई नहोस् भन्ने उद्देश्यले वृहत रक्तदान कार्यक्रम गरिएको सेन्चुरीले बताए । उनले भने, ‘लायन्सको विधा अनुसार स्वास्थ्य क्षेत्र अन्तर्गत कार्यक्रम आयोजना गरेका हौं ।’
लायन्स सिद्धार्थनगर प्रोग्रेसिभ सिद्धार्थनगरले कार्यक्रमको संयोजन गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी)का संस्थापक गभर्नर नवराज न्यौपानेले लायन्स क्लबहरुले रक्तदान जस्तो पुनित कार्य गर्नु सराहनीय भएको बताए ।
त्यस्तै विशिष्ट अतिथि पाष्ट डिष्ट्रिक गभर्नर अरुण प्रताप राणा, डिष्ट्रिक कोषाध्यक्ष विनोद खरेल, डिष्ट्रिक चिफ एडभाइजर धर्मराज आचार्य, डिष्ट्रिक को–चिफ एडभाइजर दिनेश खरेल, एरिया चिफ संगम न्यौपाने, यदुराज लामिछाने, एरिया सचिव दीपक कौशल, एरिया कोषाध्यक्ष विनय कसौधन लगायतले बोल्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij