२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

एकपटक अवसर दिनुस्, काम गरेर देखाउँछु : महेन्द्र यादव

आइतवार , कार्तिक २७, २०७९

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • भैरहवा, २७ कात्तिक ।
    नेकपा (एमाले), राप्रपा र जसपा नेपाल तालमेलकोतर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ (१) प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले आफूलाई एकपटक अवसर दिन आग्रह गरेका छन् । उनले जनताले आफूलाई एकपटक अवसर दिए काम गरेर देखाउने दावी गरे ।

    एमाले, राप्रपा, जसपा नेपालको सामाजिक संघ–संस्थासँग भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै नेता यादवले आफूले अहिलेसम्म अवसर नपाए पनि निरन्तर जनताको पक्षमा काम गरेको बताए । संयुक्त निर्वाचन परिचालन प्रचारप्रसार समिति क्षेत्र नम्बर ३ (१), रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै यादवले भने, ‘म आग्रह गर्न चाहन्छु, एकपटक मलाई अवसर दिनुस्, एकआपसमा मिलेर यस क्षेत्रको विकासका लागि अघि बढौं ।’ 

    उनले यस क्षेत्रको विकासका लागि आफूले काम गर्न नसके पुनः उम्मेदवार नदिने र भोट माग्न पनि नआउने बताए । जसपाका केन्द्रीय सदस्य समेत रहेका नेता यादवले आदर्शको राजनीति गर्नुपर्ने बताए । झुटो आश्वासन दिएर काम नगर्ने नेताहरुको पहिचान गर्ने बेला आएको उनको भनाइ थियो ।

    उनले आफूसहित प्रतिनिधिसभा सदस्यमा विकासप्रेमी नेता दीपक बोहरा, प्रदेशसभा सदस्य ३ (२) मा तुल्सी प्रसाद चौधरीलाई अत्याधिक मतले जिताउन आग्रह गरे ।