images

बुधवार, बैशाख ५ गते २०८१

भाषा, साहित्य, कला, संगीत र लोक संस्कृतिको संरक्षण गर्छौं : बोहरा

भाषा, साहित्य, कला, संगीत र लोक संस्कृतिको संरक्षण गर्छौं : बोहरा

images
images
images
शनिवार, कार्तिक २६ २०७९
शनिवार, कार्तिक २६ २०७९
  • भाषा, साहित्य, कला, संगीत र लोक संस्कृतिको संरक्षण गर्छौं : बोहरा

    भैरहवा, २६ कात्तिक । 
    राप्रपा, नेकपा एमाले र जसपाका साझा उम्मेदवार दीपक बोहराले भाषा, साहित्य, कला, संगीत र लोक संस्कृतिको संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री बोहराले रुपन्देही जिल्ला त्यसमा पनि क्षेत्र नम्बर ३ मा जन्मथलो तथा कर्म थलो रहेका धेरै साहित्यकार, कलाकार, संगीतकारहरुको भाषा साहित्यको संरक्षणमा ठूलो योगदान रहेको बताए । 

    images
    images
    images

    उनले भने, ‘नेपालको कला संस्कृति र भाषा साहित्यको संरक्षण र प्रबद्र्धनमा यस क्षेत्रका धेरै विद्वानहरु जस्तो कि बूँद राना, कपिलदेव लामिछाने, बालकृष्ण भट्टराई, वनमाली निराकार, उमेशचन्द्र रिजाल, मोदनाथ शास्त्री, रुद्र ज्ञवाली, डिबी पुन, उन्नति बोहरा, हेमन्त शर्मा लगायत सयौँ विद्वानको योगदानलाई कसैले भूल्न सक्दैन ।’ 

    राप्रपा, एमाले र जसपाबाट रुपन्देही–३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार दीपक बोहरा, क्षेत्र नम्बर ३ (१) प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादव, ३ (२) का प्रदेश सभा सदस्यका उम्मेदवार तुल्सी प्रसाद चौधरीले आफ्नो प्रतिवद्वता पत्रमा विभिन्न समुदायको भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र सम्बद्र्धन गरिने, साथै विकासका लागि बहुसाँस्कृतिक तथा बहुभाषी गोष्ठीहरु सञ्चालन गर्ने उल्लेख गरेका छन् । 

    मठ, मन्दिर, गुम्बा बिहार, मदरसा र चर्चको संरक्षण तथा तिनको विकासका लागि कोष खडा गरी दिगो रुपमा सञ्चालनको व्यवस्था मिलाइने, कला साहित्य संस्कृतिको अध्ययन अनुसन्धानका लागि भइरहेका प्रतिष्ठानहरुलाई सहयोग गरिने प्रतिवद्वता रहेको छ । त्यसै गरी पुस्तकालय, वाचन कला, खुल्ला विद्यालय, आमा समूह, टोल समुह, विकास केन्द्र र नगर क्षेत्रभित्र रहेका निजी, सार्वजनिक, सामुदायिक वा व्यवसायिकक संघ–संस्थाहरुसँग सहकार्य गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । 

    नाट्य कलाको विकासका लागि थिएटर हाउस (नाट्य घर)को व्यवस्था मिलाइने, शुद्धोधन गाउँपालिका वडा नम्बर ३ मा रहेको सियाभार मन्दिर र शुद्धोधन गाउँपालिका–५ मा रहेको दर्बाहाको संरक्षण–सम्बद्र्धन र विकास गरिने एमाले दलले प्रतिवद्धता व्यक्त गरेका छन् । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij