
शनिवार , कार्तिक २६, २०७९
बुटवल, २६ कात्तिक ।
रुपन्देहीका तीन वटा विद्यालयका स्काउट ट्रुपले नेपाल अपांग आश्रम बुटवलमा बसोवास गर्दै आएकाहरुलाई खाना खुवाएका छन् । नेपाल स्काउट नवज्योति स्काउट ट्रुप मणिग्राम, इडन स्काउट ट्रुप नहरपुर र नवीन स्काउट ट्रुप बुटवल देविनगरले शुक्रबार एक कार्यक्रमकाबीच नेपाल अपांग आश्रम बुटवल–११ प्रगतिनगरमा स्थाही बसोबास गर्ने करिब ३८ जनालाई खाना खुवाएका हुन् ।
नविन औद्योगिक कदर बहादुर रीता माविका स्काउट मास्टर नवराज खरेलकाअनुसार खाना खुवाउने कार्यक्रमसँगै आश्रम वरपर सरसफाई कार्यक्रम पनि गरिएको छ । कार्यक्रममा स्काउट मास्टर खरेलले विद्यार्थीहरुलाई एउटा असल नागरिक, देशभक्त र आत्मनिर्भरका साथै नैतिक शिक्षा सिकाउन स्काउट महत्पूर्ण रहेको भन्दै सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
नवीन औद्योगिक कदर बहादुर रीता मावि, नवज्योति बोर्डिङ स्कुल र इडन बोर्डिङ स्कुलमा गरि करिव २१० जना स्काउट विद्यार्थीहरु रहेका छन् । उनीहरुलाई पनि सामाजिक काममा अग्रसर बनाउँदा मनोबैज्ञानिक रुपमा उनीहरुको व्यक्तित्व विकास हुने भन्दै खरेल नेपाल स्काउटले लिएको एक घर एक स्काउट एक बिद्यालय एक स्काउट शिक्षक अवधारणा लिएको कुरा समय सान्दर्भिक रहेको बताउछन ।
तीन वटा स्काउट ट्रुप मिलेर एक हप्तासम्म खेलिएको देउसीभैलो कार्यक्रम २०७९ मा जम्मा भएको रकमबाट कार्यक्रम गरिएको हो । देउसी भैलोलाई केवल मनोरञ्जनको रुपमा नलिएर समाजमा केही गर्नुपर्छ भन्ने धारणा लिएर देउसी कार्यक्रममा गरिएको आयोजकले बताएका छन् ।
आगामी दिनमा बाटोमा हिड्ने कुकुर र गाईहरु पनि खाना खुवाउने कार्यक्रम रहेको समेत खरेलले बताए । यसबाट एउटा असल कामको सन्देश प्रवाह हुने भन्दै उनले स्काउटहरु प्राणी जातीप्रति पनि सहयोगी हुन्छन् भन्ने सन्देश जाने बताउँछन । प्राणी जातिका पनि आफ्नै खुसी हुने परिवार हुने हुनाले सबैले माया र संरक्षक गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै नेपाल चेम्बर एफ कमर्स लुम्बिनी प्रदेश महासचिव तथा नवज्योति बोर्डिङ स्कूलका सञ्चालक समितिका अध्यक्ष जे.पी. कडेलले एउटा असल एवं महत्वपूर्ण कामको सुरुवात स्काउट सदस्यले गरेकोमा धन्यवाद व्यक्त गर्दै आफू पनि सामाजिक कर्ममै खुसी रहेको बताए । आफ्नो ठाउँेखि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्काउट मास्टर विद्या खड्का, पुजा पाण्डेको आतिथ्यता बुटवल उपमहानगरपालिका स्काउट समिति सदस्य एवं स्काउट रोभर मास्टर, स्काउट मास्टर तथा स्काउट (डीएमटी) नवराज खरेलको अध्यक्षता र नवज्योति बोर्डिङ स्कुलका स्काउट सदस्य जविक पाठकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij