images

बिहिवार, बैशाख १३ गते २०८१

शहीद स्मृति पुस्तकालयको २१ औं वार्षिकोत्सव सम्पन्न

शहीद स्मृति पुस्तकालयको २१ औं वार्षिकोत्सव सम्पन्न

images
images
images
शनिवार, कार्तिक २६ २०७९
शनिवार, कार्तिक २६ २०७९
  • शहीद स्मृति पुस्तकालयको २१ औं वार्षिकोत्सव सम्पन्न

    भैरहवा, २६ कात्तिक ।
    शहीद स्मृति पुस्तकालयले आफ्नो २१ औं वार्षिकोत्सव बिहीबार सिद्धार्थनगर–८ वीपी पथस्थित पुस्तकालयको सभा कक्षमा विविध कार्यक्रम गरी मनाएको छ । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. गितु गिरीले विद्युतीय सञ्चार माध्यमका कारण विश्वका सूचना गोजीभित्र कैद हुने अवस्था भए तापनि इतिहास र संस्कृतिको संरक्षणका लागि पुस्तकालय अपरिहार्य रहेको चर्चा गरे । उनले यस पुस्तकालयलाई पनि क्रमश डिजिटल प्रविधिमा लैजानुपर्ने धारणा व्यक्त गरे । पुस्तकालयले आफ्नो वार्षिकोत्सव समाजका विविध क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्ति र प्रतिभाहरुलाइ पुरस्कृत तथा सम्मानित गरेर मनाउनु अर्थपूर्ण र सार्थक रहेको उनले बताए ।
    कार्यक्रममा विभिन्न विधाका एक दर्जन पुरस्कार समर्पण गरिएको थियो । घनश्याम गौतम एवं शारदा देवी गौतम संस्थापक रहेको समाजसेवामा उल्लेखनीय योगदान पुर्याउने समाजसेवीलाई प्रदान गरिने रामकला–बुद्धिनाथ गौतम स्मृति पुरस्कार समाजसेवी धर्मराज श्रेषठलाई, योगनाथ आचार्य हिरादेवी आचार्य संस्थापक रहेको नेपालको ख्याति अन्तर्राष्ट्रिय जगतमा फैलाउने प्रतिभालाई प्रदान गरिने कालिका–जगन्नाथ प्रतिभा पुरस्कार चर्चित तेक्वान्दो खेलाडी आशुतोष बराल र अभिषेक बराललाई, परशुराम पराजुली एवं अम्बिका पराजुली संस्थापक रहेको नेपाली छन्द कविता सर्जकलाई प्रदान गरिने गंगादेवी नरनारायण साहित्यिक पुरस्कार प्रा.डा. हिरण्यलाल ज्ञवालीलाई, तुलसीराम ढकाल एवं निमा ढकाल घिमिरे संस्थापक रहेको उन्नीस वर्ष कम उमेरका जेहन्दार प्रतिभालाई प्रदान गरिने विश्राम ढकाल स्मृति पुरस्कार शिक्षा अर्याललाई समर्पण गरिएको थियो ।

    images

    त्यस्तै दीर्घराज काफ्ले एवम् शारदादेवी काफ्ले संस्थापक रहेको भ्रष्टाचार विरोधी अभियान सञ्चालन र सुशासन प्रवर्द्धनमा उल्लेख्य योगदान गर्ने व्यक्ति÷संस्थालाई प्रदान गरिने शहीद स्मृति सदाचार जागरण पुरस्कार भैरहवा मर्निङ् वाक गु्रपका विजयगोविन्द श्रेष्ठलाई, रामेश्वर मण्डल एवं सुमित्रा मण्डल संस्थापक रहेको कृषिमा आधुनिकीकरण तथा व्यवसायिकरण गरी कृषि व्यवसायबाट स्वरोजगार सिर्जना गर्ने पौरखी कृषकलाई प्रदान गरिने सजिया दरवारी मण्डल स्मृति कर्षि पुरस्कार बुटवलका कृषक राजेश थापालाई, डा. गोविन्दबल्लभ भट्ट एवम् ज्ञानु भट्ट संस्थापक रहेको शिक्षा वा स्वास्थ्य सेवामा उल्लेखनीय योगदान गर्ने व्यक्तिलाई प्रदान गरिने सरस्वती दशरथ भट्ट स्मृति पुरस्कार शिक्षाविद् बालकृष्ण भट्टराईलाई र धर्मराज अधिकारी एवम् शारदा शर्मा संस्थापक रहेको रुपन्देही जिल्लाको ग्रामीणक्षे त्रमा रहेर समुदायस्तरमा स्वास्थ सेवा पु¥याउने स्वास्थ्यकर्मीलाई प्रदान गरिने निरञ्जन स्मृति स्वास्थ सेवा पुरस्कार रायपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थकर्मी राकेशप्रसाद यादवलाई प्रदान गरिएको छ । 

    राजधानी बाहिर रहेर साहित्य साधना गर्ने सर्जकलाइ उपलब्ध गराउने गरी वनमाली निराकार तथा दुर्गाकुमारी शर्माद्वारा स्थापित नेत्रशोभा साहित्यिक पुरस्कार रौतहटका साहित्यकार हरिकृष्ण काफ्ले प्रदान गरिने घोषणा भए पनि स्वास्थ समस्याका कारण उहाँको उपस्थिति नरहेकोले पछि अनुकूल समयमा समर्पण गर्ने आयोजकले जनाएका छन् ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयबाट एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने चारजना विद्यार्थीलाई समेत पुरस्कृत गरिएको छ । गुरुप्रसाद अधिकारी एवं अनिता अधिकारी संस्थापक रहेको कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिने कान्ताकृष्ण अधिकारी प्रतिभा पुरस्कार भानु माध्यमिक विद्यालयका छात्र मोहम्मद जाहिद फकिरलाई, महालक्ष्मी उपाध्याय संस्थापक रहेको कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट र उत्कृष्ट नतिजा ल्याउने छात्रालाई प्रदान गरिने जीवलक्ष्मी शैक्षिक पुरस्कार भानु माध्यमिक विद्यालयकी छात्रा मनिषाकुमारी कोइराला र सोही विद्यालयकी छात्रा सीमा चमार तथा धर्मराज अधिकारी एवं शारदा अधिकारी संस्थापक रहेको एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउनेलाई प्रदान गरिने वेदिकला दिवाकर अधिकारी शैक्षिक पुरस्कार सुसंस्कृत माध्यमिक विद्यालयका छात्र सुरज यादवलाई प्रदान गरिएको छ । 
    सो कार्यक्रममा आजीवन सदस्य कुमुद त्रिपाठी भानु मा.वि.का प्राचार्य मोतिलाल सुवेदी, समाजसेवी नारायणप्रसाद अग्रवाल, ओमकार गौचन, सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई, पुस्तकालयका सल्लाहकार दिलीप भट्टराई, पुरस्कार संस्थापक तथा सल्लाहकार डा. गोविन्दबल्लभ भट्ट, प्रा.डा. कपिलदेव लामिछाने, प्राज्ञ बूँद राना र पुस्तकालयका संरक्षक दीर्घराज काफ्लेले बोल्दै यस्ता खाले कार्यक्रमले समाजसेवाका क्षेत्रमा काम गर्न प्रेरणा मिल्ने भन्दै पुस्तकालयका गतिविध समयसापेक्ष र अनुकरणीय रहेको चर्चा गरे ।

    त्यस्तै पुरस्कृत तथा सम्मानितहरुको प्रतिनिधित्व गर्दै शिक्षा अर्याल, शिक्षाविद् बालकृष्ण भट्टराईको तर्फबाट उनका जेष्ठ सुपुत्र साहित्यकार यादव भट्टराई, साहित्कार प्रा.डा. हिरण्यलाल ज्ञवाली, समाजसेवी धर्मराज श्रेष्ठ र साहित्यकार विजयगोविन्द श्रेष्ठ (विजय सागर) ले बोल्दै यस्तो सम्मान र पुरस्कारबाट आफूहरुलाई सत्कार्यमा लाग्न थप प्रेरणा मिलेको उल्लेख गरे । 

    पुस्तकालयका अध्यक्ष रुद्र ज्ञवालीको अध्यक्षता, प्रा.डा. गितु गिरीको प्रमुख आतिथ्यता, कोषाध्यक्ष गोपाल प्रसाद अर्यालको स्वागत तथा पुस्तकालयका सचिव गोविन्दप्रसाद न्यौपानेको सञ्चालनमा कार्यक्रममा सञ्चालन भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij