२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

माईन तथा बिष्फोटजन्य वस्तु जोखिम शिक्षा सम्पन्न

शुक्रवार , कार्तिक २५, २०७९

भैरहवा, २५ कात्तिक ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाली सेनाको श्री काली भक्ति गण (ई) ले निर्वाचनमा खटिने प्रहरी, म्यादी प्रहरी र भैरहवा नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बिष्फोटक पदार्थ पहिचान तथा जोखिम (माईन रिक्स एजुकेशन) बारे प्रशिक्षण शिक्षा दिएको छ ।

खासगरी निर्वाचनको बेला विभिन्न मतदान केन्द्र तथा स्थलहरुमा खटिने प्रहरी, म्यादी प्रहरी र  विद्यार्थीहरुलाई लक्षित गरी श्री काली भक्ति गण (ई) भैरहवा ब्यारेक, रुपन्देहीले  माईन (विष्फोटक पदार्थ) जोखिम शिक्षा प्रदान गराएको हो । 

WhatsApp Image 2022-11-10 at 9.39.41 PM (1).jpeg

निर्वाचनको बेला राखिएका शंकास्पद वस्तुको पहिचान गरी त्यसबाट पुग्न सक्ने क्षतिको जानकारी गराउँदै आफू कसरी जोगिने र मतदातालाई कसरी जोगाउनेबारे जानकारी गराइएको नेपाली सेनाको काली भक्ति गण (ई) का निमित्त गणपति सेनानी प्रकाश खड्काले जानकारी दिए । उनले यस्तो खालको प्रशिक्षण कक्षा लुम्बिनी प्रदेशका विभन्न १२ जिल्लाहरुमा सञ्चालन गरिएको बताए । उनले भने, ‘जिल्लाका सबै मतदान केन्द्रमा खटिने म्यादी प्रहरी, फ्रन्टलाईनमा रहने र कुनै पनि शंकास्पद वस्तु पहिला उनीहरुलाई जानकारी हुन सक्ने भएकोले निर्वाचन सुरक्षालाई व्यवस्थित बनाउन यो तालिम फलदायी हुने अपेक्षा गरिएको छ ।’

WhatsApp Image 2022-11-10 at 9.39.41 PM.jpeg

माईन तथा बिष्फोटकजन्य वस्तु जोखिम शिक्षा काली भक्ति गण (ई) बाट खटिएका सकलदर्जाहरुले दिदै आएका छन् । नेपाली सेनाले नागरिकलाई माईन तथा बिष्फोटजन्य वस्तु जोखिम शिक्षाको कक्षा समेत सञ्चालन गर्दै आएको छ ।