images

बिहिवार, बैशाख २० गते २०८१

तिलौराकोटको पूर्वी गेट र बाहिरी भागमा उत्खनन शुरु

तिलौराकोटको पूर्वी गेट र बाहिरी भागमा उत्खनन शुरु

images
images
images
बिहिवार, कार्तिक २४ २०७९
बिहिवार, कार्तिक २४ २०७९
  • तिलौराकोटको पूर्वी गेट र बाहिरी भागमा उत्खनन शुरु

    लुम्बिनी, कार्तिक २४ । गौतमबुद्धको क्रिडास्थल तथा प्राचिन कपिलबस्तुको राजधानी तिलौराकोट क्षेत्रमा थप अन्वेषणका लागि उत्खनन शुरु गरिएको छ । यूनेस्को जापानिज फण्ड इन ट्रष्टको सहयोगमा पुरातात्व विभाग, बेलायतको दुर्हम विश्व विद्यालय र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्हरुले कार्तिक १४ गतेदेखि तिरौलाकोट क्षेत्रमा उत्खनन शुरु गरेका हुन् ।
     
    पी. सी. मुखर्जीले सन् १८९९ मा प्राचिन तिरौलाकोट दरबारको पूर्वी ढोका पत्ता लगाएका थिए ।  मुखर्जीले पत्ता लगाए अनुसार प्राचीन सुरक्षा पर्खालको वरिपरि नहर (मुड) रहेको र बाहिरी भागमा नदी लगायतका संरचना रहेको उल्लेख गरेकाले सो क्षेत्रमा बैज्ञानिक रुपमा अन्वेषण गर्न उत्खनन शुरु गरिएको दुर्हम विश्वविद्यालय बेलायतका प्राध्यापक डा. रविन कनीङघम्ले बताए । प्राध्यापक डा. रविनको नेतृत्वमा उत्खनन शुरु गरिएको हो । उत्खननबाट प्राप्त प्रमाणलाई आधुनिक प्रविधिको प्रयोग गरि अनुसन्धान गरिने उनले बताए ।
     
    सन् २०१४ देखि यूनेस्को जापानीज् फण्ड इन ट्रस्टले वैज्ञानिक रुपमा विभिन्न उपकरण प्रयोग गरि तिलौराकोट र लुम्बिनीमा पुरातात्विक अध्ययन गर्दै आएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए । तिmलौराकोटलाई विश्वसम्पदा सूचीमा सुचिकृतका लागि कोषले पहल गरिरहेको बताउँद उत्खननबाट थप प्रमाणहरु भेटिने बताए । उनले अन्र्तराष्ट्रिय विज्ञहरु सहितको टोलीले वैज्ञानिक रुपमा उत्खनन थालेको बताए ।
     
    प्राचिन सुरक्षा पर्खालको वरिपरि रहेको नहर र पूर्वी गेटभन्दा बाहिरको संरचना क्षेत्रमा प्राचिन समयमा नदी रहेको सेल देखिएकाले उत्खनन गरिएको लुम्बिनी विकास कोषका पुरातात्व शाखाका प्रमुख हिमाल उप्रेतीले बताए । गत वर्ष उत्खनन गरि छोपेर राखेको दरबार क्षेत्रको भग्नाशेषको पुन उत्खनन गरि बाँकी रहेका क्षेत्रहरुको अन्पेषण गरिने उनले बताए । गत वर्ष पूर्वीकिल्लाका सहायक संरचनाबारे जियोफिजिकल (भू–भौतीक) सर्वे गरिएको थियो ।  उक्त सर्वेक्षणमा पिसि मुखर्जी उल्लेख गरे अनुसारका संरचना देखिएको उप्रेतीले बताए ।
     
    पूर्वी किल्ला भित्र र पर्खाल बाहिर गरिएको उत्खननमा भेटिएका इट्टाको साईज, भाँडाकुडाका टुक्रा, माटाका मूर्तीहरु, सिक्काहरु, कोईलाहरु, बनस्तपतीका अवशेषहरुको बैज्ञानिक तरिकाले अनुसन्धान गरेर काल (बर्षको अवधी) निर्धारण गरिने पुरातात्व प्रमुख उप्रेतीले बताए । उनका अनुसार विश्वमा पछिल्लो प्रविधि प्रयोग गरि उत्खनन गरेर अनुसन्धान गरिएको छ । 
     
    दुर्हम विश्वविद्यालय बेलायतका प्राध्यापक डा. रविन कनीङघम्को नेतृत्वमा शुरु गरिएको उत्खननमा पुरातात्व विभागका  राम बहादुर कुँवर, भाष्कर ज्ञवाली, विष्णु पाठक, लुम्बिनी विकास कोषका ज्ञानिन राई, हिमाल उप्रेती र राजन बस्नेत लगायतको टोली उत्खननमा खटिएको हो ।  उत्खनन आगामि मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij