२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

रुपन्देही-३ मा कांग्रेस प्रवेश गर्नेहरु बढे 

बिहिवार , कार्तिक २४, २०७९

  • 8.2K
    Shares
  • 8.2K
    Shares
  • भैरहवा, २४ कात्तिक ।

    रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाण पाँचदलीय गठबन्धनबाट उम्मेदवार भएपछि युवाहरु नेपाली कांग्रेस प्रवेश गर्ने क्रम तिव्र रुपमा बढेको छ । पछिल्लो एक हप्तामा हरेक दिन साँझ युवाहरु स्वतस्फूर्त पार्टी प्रवेशका लागि निवासमा आउने गरेकाे नेपाली कांग्रेसले जनाएकाे छ। 

    कांग्रेस केन्द्रय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार खाणलाई दिनभर घरदैलो कार्यक्रम तथा चुनावी कार्यक्रम भ्याएर साँझ निवासमा आइपुुग्दा अन्य पार्टीबाट नेपाली कांग्रेस प्रवेश गरेकाहरुलाई सदस्यता प्रदान गरी स्वागत गर्न भ्याइनभ्याई हुन्छ । दिनभरका चुुनावी कार्यक्रममा पनि अन्य पार्टीबाट कांग्रेस प्रवेश गरी खाणका हातबाट सार्टी सदस्यता लिने युवाहरुको लहर नै देखिन्छ ।

    बिहीबार गत स्थानीय निर्वाचनमा राप्रपाबाट वडा सदस्यको उम्मेदवार बन्दै लोकप्रिय मत ल्याउन सफल पूर्णमाया थापा क्षेत्री, राप्रपा सिद्धार्थनगर नगरपालिका वडा नं ९ का वडा सदस्यहरु अवदेश चौधरी, डिल्लीराज पौडेल र सुनिल जैसवाल तथा नेकपा एमालेका निराजन क्षेत्री, स्नेहा घले, कल्पना जिसी सहितका सिद्धार्थनगर नगरपालिका वडा नम्बर, १, २ ३, ४, ८ र ९ चार सय बढीलाई पार्टी सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरे । 

    पाँच दलीय गठबन्धनबाट गृहमन्त्री खाण रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उम्मेदवार भएपछि अहिलेसम्म चार हजार बढी नेपाली कांग्रेसमा प्रवेश गरिसकेको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिए । 

    खाणले दिनमा बिहानदेखि साँझसम्म आधा दर्जन बढी औपचारिक कार्यक्रममा सहभागिता जनाइरहेका छन् । स्वतःस्फूर्त सामाजिक संघसंस्थाहरुले शुुभकामना दिन र समस्या राख्न आमन्त्रण गरिरहेकाले गृहमन्त्री तथा प्रतिनिधि सभाका उम्मेदवार खाणलाई समय व्यवस्थापन गर्न हम्मेहम्मे भइरहेको क्षेत्रीय सभापति गुरुङले बताए ।