
बिहिवार , कार्तिक २४, २०७९
भैरहवा, २४ कात्तिक ।
रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार नवाब मुसलमान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । बिहीबार भैरहवामा आयोजित एक कार्यक्रमकाबीच राप्रपा वरिष्ठ नेता, पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरा, पूर्व गृहमन्त्री निरञ्जन थापा, राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष सागर प्रताप राणाले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ निवासी स्वतन्त्र उम्मेदवार नवाब मुसलमानको नेतृत्वमा उहाँका ३ सय जना समर्थक राप्रपामा प्रवेश गर्नुभएको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्यक्ष शंकर खत्रीले बताए ।
राप्रपामा प्रवेश गरेपश्चात बोल्दै मुसलमानले विकासप्रेमी नेता दीपक बोहरालाई जिताउनुपर्ने बताए । उनले भने, ‘विकासका लागि दीपक बोहरालाई जिताउनुपर्छ ।’ दीपक बोहरालाई जिताउन आफू लागिपर्ने उनको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij