images

आइतवार, बैशाख २३ गते २०८१

विभेदको अन्त्य गर्न एमालेको जीत आवश्यक : छविलाल विश्वकर्मा

विभेदको अन्त्य गर्न एमालेको जीत आवश्यक : छविलाल विश्वकर्मा

images
images
images
बिहिवार, कार्तिक २४ २०७९
बिहिवार, कार्तिक २४ २०७९
  • विभेदको अन्त्य गर्न एमालेको जीत आवश्यक : छविलाल विश्वकर्मा

    रुपन्देही, २४ कात्तिक ।
    नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले परमादेशको जगमा बनेको गठबन्धन सरकार जनादेशबाट परास्त हुने बताएका छन् । रुपन्देही क्षेत्र नम्बर १ का सांसद उम्मेदवार विश्वकर्माले मंसिर ४ गते हुने निर्वाचनले परमादेशको सट्टा जनताको मतबाट सरकार बनाउने बताए । परमादेशबाट बनेको गठबन्धन सरकार बनेसंगै मंहगीले सीमा नाघेको, भ्रष्टाचार वृद्धि भएको, किसानले मल, बिउ पाउन नसकेको, डेंगुले देशवासी आक्रान्त हुँदा समेत सरकारले बेवास्ता गरेको नेता विश्वकर्माले टिप्पणी गरे । 

    images
    images
    images

    नेकपा एमाले, राप्रपा र जसपाले संयुक्त रुपमा रोहिणी गाउँपालिकाको विभिन्न वडामा संयुक्त निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार विश्वकर्माले दशगजादेखि दलदलेसम्म समानुपातिक विकासको लागि आफू प्रतिवद्ध रहेको बताए । आफनो ५ वर्षे कार्यकालमा दक्षिण क्षेत्रलाई बढी महत्व दिएको बताउँदै उनले क्षेत्रको समग्र विकासको लागि दक्षिणबाट शुरुवात गरेको र अब पनि यसलाई निरन्तरता दिने बताए । 

    नेता विश्वकर्माले जनमतको अपमान गर्दै अदालत गएर प्रतिपक्षलाई सत्ता सुम्पनेहरु एकपटक टिकट नपाउँदैमा पार्टी छाडेर स्वतन्त्रको नाममा विपक्षीको शिखण्डी बनेको बताए । दलीय व्यवस्थामा दलको उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै स्वतन्त्र उम्मेदवारको कुनै अर्थ नहुनेमा जोड दिए । नेता विश्वकर्माले विकासका अधुरा काम पुरा गर्न सामाजिक असमानता र विभेदको अन्त्य गर्न एमालेको जीत आवश्यक रहेकोमा जोड दिए । आगामी मंसिर ४ पछि बन्ने एमालेको नेतृत्वमा बन्ने सरकारले जेष्ठ नागरिकलाई मासिक ५ हजार सामाजिक सुरक्षा भत्ता दिने र जेष्ठ नागरिकको सम्पूर्ण उपचार सरकारले जिम्मेवार लिने बताए । 

    सोही अवसरमा बोल्दै क्षेत्र नम्वर १(१) प्रदेश सभाका उम्मेदवार आशिषकुमार चौधरीले शिक्षा, स्वास्थ्य र पुर्वाधार विकासको लागि एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिए । उनले यस क्षेत्रमा नेपाली कांग्रेसले धेरै बर्ष निर्वाचन जिते पनि कुनै उल्लेखनीय काम गर्न नसकेको बताए । घरदैलोका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री ताहिर अली, एमालेका नेता दिलिपमणि त्रिपाठी, एमालेका नेता मुस्ताक अहमद खाँ लगायतले क्षेत्र नम्बर १ मा एमाले राप्रपा जसपा गठबन्धन कम्तीमा १० हजार मतले अगाडि रहेको भन्दै उत्साहित भएर मतदातालाई प्रशिक्षित गर्न आग्रह गरे । 

    आयल निगम डीपो अन्यत्र सार्छौं : दधिराम 

    यसैबीच रुपन्देही १ (२) मा एमाले राप्रपा जसपाको साझा उम्मेदवार दधिराम न्यौपानेले तिलोत्तमाको वडा नम्बर ७ र ९ मा घरदैलो गरेका छन् । सो क्रममा उम्मेदवार न्यौपानेले भलवारीको आयल निगमको डीपोले स्थानीयबासी असुरक्षित भएकाले अन्यत्र सार्न पहल गर्ने बताए । उनले आफ्नो क्षेत्रका हाटबजारहरुलाई आधुनिक र व्यवस्थित बनाउने, एमालेकै पालामा अघि बढेको मंगलापुर कान्छीबजार सडकलाई गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्न निगरानी गर्ने बताए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij