२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

कञ्चनको हरैया बसपार्कलाई व्यवस्थित बनाइनेछ : ढकाल

बिहिवार , कार्तिक २४, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • रूपन्देही, २४ कात्तिक ।
    नेकपा एमालेले रूपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ३ स्थित हरैया बसपार्कलाई व्यवस्थित बनाउने घोषणा गरेको छ । सो बसपार्कलाई अत्याधुनिक सुविधासम्पन्न र व्यवस्थित बसपार्क बनाइने नेकपा एमाले रुपन्देही जिल्ला इञ्चार्ज तथा रूपन्देही क्षेत्र नम्बर ५ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार भूमिश्वर ढकालले बताए । बसपार्क निर्माणले यस क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ छ । उनले भने, ‘बसपार्कले शहरीकरण हुँदै गरेको यस क्षेत्रको विकास हुने छ, यातायातका साधनको व्यवस्थापन हुनेछ ।’

    यस क्षेत्रमा बुटवल, भैरहवा, लुम्बिनी, पोखरा, काठमाडौ लगायत मुख्य शहरहरूमा यात्रु लिएर बस छुट्ने र आउने गर्छन् ।

    यस क्षेत्रलाई व्यवस्थित तथा योजनावद्ध रूपमा विकास गर्नका लागि विस्तृत सडक गुरूयोजना तयार गरिने नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य तथा रूपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्यका उम्मेदवार वासुदेव घिमिरेले बताए ।
    आफू निर्वाचित भएपछि बसपार्कको सामान्य पूर्वाधार निर्माण गरी बसपार्क सञ्चालन गरिएको कञ्चन गाउँपालिकाका पूर्व अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बताए । सो बसपार्कको डीपीआर तयार गरिएको छ ।