२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

डोटी :भूकम्पमा परी ६ जनाको मृत्यु

बुधवार , कार्तिक २३, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • धनगढी, २३ कात्तिक । सुदूरपश्चिम प्रदेशको डोटीमा भूकम्पमा परी ६ जनाको ज्यान गएको छ ।

    मंगलबार राति र बुधबार बिहानको भूकम्पमा परी ६ जनाको मृत्यु भएको हो भने भने ५ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया तुलछी बोहराको ज्यान गएको छ । भूकम्पले घर भत्किँदा मानवीय क्षति भएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई बुधबार बिहान ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।डोटीमा मंगलबार राति पनि भूकम्प गएको थियो । न्युज कारखाना