
बुधवार , कार्तिक २३, २०७९
बुटवल, २३ कात्तिक ।
बुटवल–४ आर्दशनगरमा रहेको शिशुज्ञान कुन्ज मन्टेश्वरी स्कूलमा अभिभावक कार्यशाला गरिएको छ । बुटवलमा पहिलोपटक लुनिया ईन्टरनेशनलको आयोजनामा अभिभावक कार्यशाला गरिएको अध्यक्ष चन्दा रावलले जानकारी दिइन् ।
कार्यक्रममा लुनिया ईन्टरनेशनलका पिडी पुजा शर्माले प्रशिक्षण प्रदान गरेकी थिइन् । डा. नारायण पन्तसहित अध्यक्ष रावल लगायतले अभिमुखीकरण गरेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल रिता शर्मा, अभिभावक विष्णु उपाध्यायसहित स्कूलका तुलसी थापा लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij