२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

देश बिगार्ने नेता भन्ने ट्याग हटाउने रोल मोडल बन्न चाहन्छु : नेता ढकाल

मंगलवार , कार्तिक २२, २०७९

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • भैरहवा। नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवं पाँच दलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ (ख) प्रदेश सभाका उम्मेदवार रामचन्द्र ढकालले "देश बिगार्ने नेता" भन्ने ट्याग हटाउने रोल मोडल बन्न चाहेको बताएका छन् ।

    गठबन्धनद्वारा मङ्गलबार तिलोत्तमा १३ मा आयोजित कोण सभालाइ सम्बेधन गर्दै उनले प्रतिगमन विरुद्ध बनेको गठबन्धनलाई संविधानको रक्षाका लागि विजय गराउन आग्रह गरे ।

    आफू बिजयी भए मतदाताको सिर निहुरिने गरी कुनै पनि काम नगर्ने र जनचाहाना अनुसार आफ्नो क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता जाहेर गरे ।

    नेता ढकालले आफु अहिले पनि कृषककै रुपमा रहेको उल्लेख गर्दै निर्वाचित भएपछि पनि किसानको हकमा काम गर्ने बताए । उनले मलको अभावका कारण किसानले बर्षेनी दुख पाउदै आएको बताउदै किासको सुबिधाका लागि आगामि ५ बर्ष भित्रमा नेपालमै मल कारखाना खोल्ने बताए ।

    IMG_0061.JPG

    रुपन्देहीको समग्र बिकासका लागि आफुले उम्मेदवारी दिएको बताउदै आफ्नो निर्वाचन क्षेत्रका समस्याहरु शिक्षा, स्वास्थ्य, कृषि र सिचाईलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।